नियम ३९
बढुवा सम्बन्धी विशेष व्यवस्था
: (१) देहाय बमोजिमको उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नियम १९३ बमोजिमको नीति निर्माण समितिको सिफारिसमा प्रहरी महानिरीक्षकले श्रेणी विहिन बाहेक राजपत्र अनङ्कित पदसम्म एक तह माथिको रिक्त पदमा बढुवा गर्न सक्नेछ :–
(क) राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सृजनात्मक र लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी सङ्गठनको छवि उच्च राख्न विशेष योगदान पु¥याउने प्रहरी कर्मचारीलाई, र
(ग) प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दाको सिलसिलामा वीरगति प्राप्त गर्ने वा काम गर्दा शारीरिक रूपमा अशक्त भई सेवाबाट अवकास लिनु पर्ने अवस्थाका प्रहरी कर्मचारीलाई ।
(२) उपनियम (१) अनुसार बढुवा गर्दा बढुवा भएका कर्मचारीको नाम, पद, बढुवा गर्नु पर्ने आधार र औचित्य सहितको लिखित विवरण प्रहरी प्रधान कार्यालयले बढुवा गरेको पन्ध्र दिनभित्र मन्त्रालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) अनुसार गरिने बढुवा एक आर्थिक वर्षमा दश जनाभन्दा बढी व्यक्तिलाई गरिने छैन ।